बराबरीमा रोकियो बार्सिलोना
आइतबार, ०६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।
खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै खेलको इन्जुरी समयमा ईरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।











-1765627825694.jpeg&w=3840&q=75)



