काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।
इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा हाकानले गोल गर्दै इन्टरको अग्रता २-० को बनाए ।
खेलको ७४ औं मिनेटमा भिडालले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा इडीनले गोल गर्दै इन्टरलाई ४-० गोलको जित दिलाए ।
यस जितसँगै इन्टरले सुखद सुरुवात गरेको छ। र, इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
जिनोआले भने हारबाट सुरुवात गरेको छ।
