काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एन्ड्रियास परेरा ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन् ।
परेरा एक सिजनका लागि लोनमा फ्लामेन्गोमा अनुबन्धित भएका हुन् ।
युनाईटेडले शनिबार ब्राजिलियन मिडफिल्डर परेरा फ्लामेन्गोमा अनुबन्धित भएको जनाएको छ ।
२५ वर्षीय मिडफिल्डरले युनाईटेडका लागि ७५ खेलमा ४ गोल गरेका छन् ।
मिडफिल्डर परेराले गत सिजन लोनमा इटालियन क्लब लाजियोबाट खेलेका थिए ।
उनले लाजियोका लागि २६ सिरी ए खेलमा १ गोल गरेका थिए ।
ब्राजिलका लागि उनले १ खेल खेलेका छन् ।
