काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको छैटौं मिनेटमा भिन्सिन्जो ग्रिफोले गोल गर्दै फ्रेईवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा रोलान्ड सालाईले गोल गर्दै फ्रेईवर्गलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा फ्रेईवर्गका यान्निक किटेलले आत्मघाती गोल गरेपनि डर्टमण्ड २-१ ले पराजित भयो ।
डर्टमण्डको यो पहिलो हार हो । डर्टमण्डले २ खेलमा ३ अंक जोडेको छ ।
फ्रेईवर्गको भने यो पहिलो जित हो । फ्रेईवर्गले २ खेलमा ४ अंक जोडेको छ ।