डिफेन्डर फ्लोरेन्जी मिलानमा
शनिबार, ०५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानले डिफेन्डर एलेसान्ड्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ ।
मिलानले सिरी ए प्रतिद्वन्दी रोमाबाट लोनमा फ्लोरेन्जीलाई अनुबन्ध गरेको हो ।
राइट ब्याक फ्लोरेन्जीलाई एक सिजनको लागि मिलानले लोनमा अनुबन्ध गरेको हो ।
इटालियन डिफेन्डर गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलेका थिए ।
पीएसजीका लागि उनले २१ लिग वन खेलमा २ गोल गरेका थिए ।
३० वर्षीय डिफेन्डर इटालीको युरो २०२० टिममा रहेका थिए ।
इटालीले युरोकपको उपाधि जित्दा उनले दुई खेल खेलेका थिए ।







-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)



