काठमाडौं । बार्सिलोनाले आज शनिबार स्पेनी लिगमा एथलेटिको बिलबाओको सामना गर्नेछ र यो लियोनल मेस्सीविना घर बाहिरको पहिलो खेल हुनेछ । गत साता विजयी सुरुआत गरेको बार्सिलोना त्यसलाई कायम राख्न चाहन्छ । यस्तै उद्देश्य रियल मड्रिड र एटलेटिको मड्रिडको पनि हुनेछ, लगातार दोस्रो जित निकाल्ने ।
रोनाल्ड कोम्यानको बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराएको थियो । क्याटलान क्लबले अझै पनि चोटग्रस्त खेलाडी ओसमन डेम्बेलेविना खेल्नेछ । गत सिजन कोमनले क्लबका लागि आफ्नो उपाधिका रूपमा कोपा डेल रे जितेको थियो र त्यसको फाइनलमा बिलबाओलाई नै हराएको थियो ।

त्यस ४–० जितमा मेसीले दुई गेल गरेका थिए । बार्सिलोना र रियलको कमजोरीको फाइदा उठाएर गत सिजन एटलेटिकोले लिग जितेको थियो, सन् २०१४ पछि । उसले यसपल्ट आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई पन्छाएको थियो । आइतबार डिएगो सिमोनीको एटलेटिकोले एल्चेको आथित्य गर्नेछ ।
रियल पनि लेभान्टेको भ्रमणमा निस्कदैछ । जिनेदिन जिदानले छाडेयता कार्लो एन्सेलोटीको प्रशिक्षणमा खेलिरहेको रियलले आफ्नो पहिलो खेलमा एलाभेसलाई निराश पारेको थियो । एन्सेलोटीले टिममा यसपल्ट गेराथ बेललाई फर्काएका छन् र हुन सक्छ, उसले केलियन एमबापेलाई किन्न सक्नेछ ।
–एएफपीको सहयोगमा ।
सिरी ए : त्रिकोणात्मक भिडन्त (भाग १)