काठमाडौं । युभेन्ट्सले फेरि एकपल्ट इटालीको सिरी ए जित्ने छ, यस्तै विश्वास गरिएको छ । आज शनिबारदेखि सुरु हुने इटालीको माथिल्लो डिभिजनमा यस्तो विश्वास किन पलाएको हो भने डिफेन्डिङ च्याम्पियन इन्टर मिलान समस्यामा छ र यो मुख्यत: आर्थिक समस्या हो ।
शनिबारको पहिलो खेलमा इन्टरले घरमा जेनोआको स्वागत गर्नेछ ।
युभेन्ट्सले भने आइतबार युडिनेजीको भ्रमण गर्नेछ । विश्वास के पनि छ भने उपाधिको भिडन्त त्रिकोणात्मक हुनेछ र यसमा जोडिने अर्को टिम हो, एसी मिलान ।
यसपल्टको लिगको सबैभन्दा ठूलो विशेषता हो, पछिल्लो समय अंक तालिकाको शीर्ष सातमा आउन क्लबमध्ये पाँचमा यसपल्ट भने नयाँ प्रशिक्षकसँगै मैदानमा उत्रदैछ ।
समाचार संस्था एपीको मदतले तयार पारिएको आलेखका दुईमध्ये पहिलो भाग ।
इन्टर मिलान
गत सिजन इन्टर मिलानले उपाधि जितेको खुसीयाली पनि बनाउन पाएको थिएन्, ती चाँडै खराव समाचारमा परिणत भए । क्लब र प्रशिक्षकबीचको आपसी सहमतीको आधारमा एन्टोनियो कोन्टेले छाडे । भनिन्छ, यी प्रशिक्षक इन्टरमा खुसी थिएनन्, किनभने उनी आफ्नो योजनालाई अगाडि बढाउन सक्ने स्थितिमा पनि थिएनन् ।
त्यसैले त इन्टरले आफ्ना दुई प्रमुख खेलाडीलाई बेच्नु परेको थियो, रोमेलु लुकाकु र अचरफ हाकिमी । लुकाकुले त पछिल्लो सिजन ३० भन्दा बढी गोल गरेका थिए । त्यसैले भन्न के सम्म सुरु भएको छ भने इन्टरले उपाधि रक्षा गर्न सक्ने मात्र होइन, शीर्ष चारमा प्रवेश पाउन पनि गाह्रो हुनेछ, त्यो भनेको उसले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्नेमा शंका छ ।
युभेन्ट्स
क्लबले वर्खास्त गरेको दुई वर्ष पनि भएको छैन्, तर मासिमिलिनो एलेग्री फेरि युभेन्ट्सको प्रशिक्षकमा नियुक्त भएका छन् । यी यस्ता उम्दा प्रशिक्षकले हुन्, जसले युभेन्ट्सलाई लगातार पाँच सिरी ए उपाधि दिलाए । त्यसमा चार पल्ट त क्लबले लिग र कप दुवै जितेको थियो । अनि दुई अवसरमा टिम च्याम्पियन्स लिगको फाइनल पनि पुगेको थियो ।
यी ५४ वर्षीय प्रशिक्षकको आगमनको अर्थ नै हो, युभेन्ट्सले फेरि लिग जित्न भन्ने दाबी गर्न मिल्ने । गत सिजन युभेन्ट्सले प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा खेलेको थियो र केही पनि जित्न सकेन् ।
यसरी टिमले लगातार नौ पल्ट लिग जितेको क्रममा पूर्ण विराम लागेको थियो । धन्न क्लब चौथो स्थानमा रह्यो । यसपल्ट पनि युभेन्ट्समा क्रिस्टियानो रोनाल्डो रहने छन् नै ।