काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले पहिलो जित निकालेको छ।
शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोल अन्तरले पराजित गर्दै लाइपजिगले पहिलो अंक जोडेको हो।
लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे।
यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे।

खेलको ३८ औं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
४६ औं मिनेटमा इमिलले गोल गर्दा लाइपजिगको अग्रता २-० को बन्यो।
खेलको ५२ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दा लाइपजिगको अग्रता तेब्बर बन्यो।
त्यसपछि खेलको ६८ औं मिनेटमा सिल्भाले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई ४-० को जित दिलाए।
जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ। लाइपजिग तालिकाको तेस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा लाइपजिग मैन्जसँग पराजित भएको थियो।
सातौं स्थानको स्टुटगार्टले २ खेलमा ३ अंक जोडेको छ।
