काठमाडौं । इंग्लिस क्लब आर्सनलले गोलकिपर आरोन रामस्डेललाई अनुबन्ध गरेको छ ।
आर्सनलले गोलकिपर आरोनलाई च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडबाट अनुबन्ध गरेको हो ।
२३ वर्षीय गोलकिपरले आर्सनलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
आर्सनलमा उनले ३२ नम्बर जर्सी लगाउने छन् ।
इंग्ल्यान्डका गोलकिपर आरोन २०२० मा बर्नेमाउथबाट सेफिल्ड आएका थिए ।
आरोन युरो २०२० खेल्ने इंग्ल्यान्डको टिममा रहेका थिए ।
