काठमाडौं । स्पेनिस क्लब सेभियाले फरवार्ड राफा मिरलाई अनुबन्ध गरेको छ ।
सेभियाले इंग्लिस क्लब उल्भ्सबाट राफालाई अनुबन्ध गरेको हो ।
स्पेनिस फरवार्डले सेभियासँग ६ वर्षको सम्झौता गरेका छन् ।
सेभियामा राफाले १२ नम्बरको जर्सी लगाउने छन् ।
राफा स्पेनको ओलम्पिक खेल्ने टिममा रहेका थिए ।
२४ वर्षीय राफा भ्यालेन्सियाबाट २०१८ मा उल्भ्स गएका थिए ।
राफालाई अनुबन्ध गर्न एट्लेटिको मड्रिडले समेत चासो देखाएको थियो ।
तर, उनले सेभिया रोजेका हुन् ।
