काठमाडौं । इंग्लिस क्लब चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले पुलिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
कोरोना देखिएपछि पुलिसिचले आर्सनलविरुद्धको खेल गुमाउने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत चेल्सीले आइतबार आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
'उनले प्रशिक्षण गरेको छैन । उनी खेलमा उपलब्ध हुने छैनन्,' टुचेलले पुलिसिचबारे भनेका छन् ।
पुलिसिचले सामाजिक संजालबाट आफुलाई कोरोना पुष्टि भएको जनाएका छन् ।
उनले आफुलाई कुनैपनि लक्षण नदेखिएको समेत जनाएका छन् ।