काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले सम्झौता नवीकरण गरेका छन् ।
फ्रेन्च फरवार्ड बेन्जिमाले शुक्रबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
अब बेन्जिमा सन् २०२३ सम्म रियलमा रहने छन् ।
३३ वर्षीय बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।

बेन्जिमाले फ्रान्सको लागि ८७ खेलमा ३१ गोल गरेका छन् ।
बेन्जिमा रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचमा पर्छन ।
बेन्जिमाले रियलका लागि १ सय ९४ ला लिगासहित कुल २ सय ८१ गोल गरेका छन् ।
बेन्जिमा रियलबाट १९ मुख्य उपाधि जितेका छन् । जसमा ४ च्याम्पियन्स लिग र ३ ला लिगा रहेको छ ।
