काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनौटको खेल तालिका सार्वजनिक गरेको हो ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । हरेक दिन दुई खेल हुनेछ ।
पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीबीच खेल हुनेछ ।
दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेडबीच खेल हुनेछ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।


