एजेन्सी । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिल च्याम्पियनसिप क्लब बर्नेमाउथमा अनुबन्धित भएका छन् ।
बर्नेमाउथले शुक्रबार डिफेन्डर काहिललाई अनुबन्ध गरिएको जनाएको छ ।
३५ वर्षीय डिफेन्डर काहिलले बर्नेमाउथसँग एक वर्षको सम्झौता गरेका छन् ।
काहिल प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा दुई वर्ष बिताएर बर्नेमाउथ आएका हुन् ।

काहिल सन् २०१९ मा क्रिस्टलमा अनुबन्धित भएका थिए ।
उनले क्रिस्टलका लागि कुल ४७ खेल खेलेका थिए ।
गत सिजन उनले २० प्रिमियर लिगमा १ गोल गरेका थिए ।
त्यसअघि उनले चेल्सीमा लामो समय विताएका थिए ।
चेल्सीमा ७ वर्ष बिताउदा काहिलले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए ।