काठमाडौं । इंग्लिस क्लब आर्सनलले अट्याकिङ मिडफिल्डर मार्टिन ओडेगार्डलाई अनुबन्ध गरेको छ।
आर्सनलले स्थायी खेलाडीको रुपमा मार्टिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डरलाई स्पेनिस क्लब रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
नर्वेका मिडफिल्डरले गत सिजन लोनमा आर्सनलबाट खेलेका थिए।
मार्टिनले गत सिजन आर्सनलका लागि सबै प्रतियोगितामा २० खेल खेलेका थिए ।
प्रिमियर लिगमा उनले १४ खेलमा १ गोल गरेका थिए ।
आर्सनलमा उनले ८ नम्बरको जर्सी लगाउने छन् ।
२२ वर्षीय मार्टिनले नर्वेका लागि ३० खेलमा १ गोल गरिसकेका छन् ।
