काठमाडौं । फरवार्ड रेजिन सुब्बाले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि रेजिनको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा रेजिन टिमको मुख्य खेलाडी रहेका थिए ।
मछिन्द्रले यस अघि सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो ।
त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
रेजिनले नेपालको यू-२३ र यू-१९ टोलीबाट खेलिसकेका छन् ।
