काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले डिफेन्डर निराजन महर्जनसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले शुक्रबार सामाजिक संजालबाट डिफेन्डर निराजनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
निराजन नेपालको यू-१२,१४,१८ र यू-१९ टोलीका पूर्व सदस्य हुन् ।
निराजनले २०१८ मा थ्री स्टारको यू-१८ टिमको कप्तानी गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
थ्री स्टारमा उनले २७ नम्बरको जर्सी लगाउने छन् ।
निराजनले फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाट खेलेका थिए ।

थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।
यस्तै मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।