काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेन्डर इमर्सन पाल्मेरी फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।
लिग वान क्लब लियोनले एक सिजनका लागि लोनमा इमर्सनलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय इटालियन लेफ्ट ब्याक इमर्सन २०१८ मा रोमाबाट चेल्सी आएका थिए ।
चेल्सीका लागि उनले ७१ खेल खेलेका छन् ।
मार्कुस अलन्सो र बेन चेलविलले लेफ्ट ब्याकको भूमिका सम्हाल्ने भएको कारण चेल्सीले उनलाई लोनमा लियोन पठाएको हो ।
चेल्सीबाट उनले च्याम्पियन्स लिग, युरोपा लिग, सुपर कप र एफए कप जितेका छन् ।
इटालीका लागि उनले १९ खेल खेलेका छन् ।