काठमाडौं । प्रिमियर लिग क्लब साउथह्याम्पटनका कप्तान जेम्स वार्ड प्राउजले सम्झौता नवीकरण गरेका छन् ।
मिडफिल्डर जेम्सले बिहीबार राति क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
२६ वर्षीय जेम्सले साउथह्याम्पटनसँगको सम्झौता ५ वर्ष थप गरेका हुन् ।
अब जेम्स सन् २०२६ सम्म साउथह्याम्पटनमा रहने छन् ।
क्लबकै एकेडेमीमा हुर्किएका जेम्सले साउथह्याम्पटन बाहेक अन्य क्लबबाट खेलेका छैनन् ।
इंग्ल्यान्डका मिडफिल्डर जेम्सले साउथह्याम्पटनका लागि ३ सय २३ खेल खेलेका छन् ।
क्लबका लागि उनले ३३ गोल गरेका छन् ।
इंग्ल्यान्डका लागि उनले आठ खेल खेलेका छन् ।
