काठमाडौं । जोस मोउरिन्हो र पेप ग्वार्डिओला त्यस्ता दुई प्रशिक्षक हुन्, जसले पछिल्लो दशक विश्व क्लब फुटबलका ठूल ठूला उपाधिका लागि प्रतिस्पर्धा गरे ।
अहिले मोउरिन्हो एएस रोमामा छन् भने ग्वार्डिओला म्यानचेस्टर सिटीमा । त्यसैले उनीहरूबीच एक आपसको आमना सामना हुने सम्भावना कमै छ ।
तर पनि प्रश्न अझै ज्युँको त्युँ छ, अहिलेसम्म यी दुईमध्ये कसले कति ट्रान्सफर बजारमा खर्च गरे त ? एक समय उनीहरूबीच प्रत्यक्ष चर्को प्रतिस्पर्धा चलेको थियो, जति बेला सन् २०१० देखि २०१२ बीच क्रमश: रियल मड्रिड र बार्सिलोनाका प्रशिक्षक थिए । त्यति बेला अल क्लासिकोको रोमाञ्चकता र तनाव नै बेग्लै थियो ।
/origin-imgresizer.eurosport.com/2021/03/05/3006362-61682968-2560-1440.jpg)
माउरिन्होले अहिलेसम्म ठूला आठ क्लब सम्हालिसकेका छन् । त्यसबीच उनले आफ्नो प्रशिक्षक जीवनमा १ अर्ब ६८ करोड ४० लाख युरो खर्च गरेका छन्, खेलाडी किनबेचमा । त्यसमध्ये चेल्सी छँदा मात्रै उनले ७६ हरोड ६० लाख युरो खर्च गरे । उनले म्यानचेस्टर युनाइटेडमा हुँदा रोमेलु लुकाकु र पउल पोग्बाका लागि मनग्य खर्च गरे ।
अहिलेसम्म ग्वार्डिओलाले भने अहिलेसम्म १ अर्ब ५८ करोड ८० लाख युरो खर्च गरेका छन् । त्यसमध्ये एक अर्ब खालि सिटीमै रहेर खर्चेका छन् । उनले बार्सिलोनामा छँदा ३४ करोड २० लाख युरो र बायर्न म्युनिकमा छँदा २० करोड ४० लाख युरो खर्चे ।

मोउरिन्हो र ग्वार्डिओला अझै केही वर्ष प्रशिक्षकका रूपमा उत्तिकै सक्रिय रहने छन्, त्यसको अर्थ उनीहरूले गरेको अझ बढ्ने छ ।
–मार्काको सहयोगमा ।