काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले गोलकिपर बेन्जामिन लेकोम्टलाई अनुबन्धित गरेको छ ।
एट्लेटिकोले फ्रेन्च गोलकिपरलाई मोनाकोबाट अनुबन्ध गरेको हो ।
एट्लेटिकोले एक सिजनको लागि लोनमा बेन्जामिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
वैकल्पिक गोलकिपर इभो ग्राबिच फ्रेन्च क्लब लिल गएपछि एट्लेटिकोले बेन्जामिनलाई अनुबन्ध गरेको हो ।
३० वर्षीय बेन्जामिन २०१९ मा मोनाको आएका थिए ।
उनले मोनाकोका लागि ४९ लिग खेल खेलेका थिए ।
