काठमाडौं । उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता कात्तिक ४ गतेदेखि सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक सूचना जारी गर्दै उप–मेयर कप कात्तिकको पहिलो साता सञ्चालन गर्ने निर्णय गरेको हो ।
एन्फाले प्रतियोगितामा सहभागी हुने इच्छुक नगरपालिकालाई भाद्र २५ गतेभित्र टिम दर्ता गर्न आग्रह गरेको छ । संघको वेवसाइटको प्राप्त हुने फारम भरेर नगरपालिकाले महिला फुटबल टिम दर्ता गर्न सकिने एन्फाले जनाएको छ ।
स्थानीय तहबाट खेलाडी उत्पादन र खेल स्पर्धा विस्तार गर्न एन्फाले नगरपालिकासंग सहकार्य गर्दै उप–मेयरको नाममा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
पछिल्लो संस्करणको प्रतियोगिताको उपाधि चन्द्रपुरले जितेको थियो । प्रतियोगिताका शीर्ष टिमले राष्ट्रिय महिला लिगमा समेत सहभागीता जनाउने अवसर प्राप्त गर्नेछन् ।