काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडका फरवार्ड प्याट्रिक बामफोर्डले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिड्सले बिहीबार सामाजिक संजालबाट बामफोर्डले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इंग्लिस फरवार्ड बामफोर्डले लिड्ससँग पाँच वर्षको नयाँ सम्झौता गरेका हुन् ।
अब बामफोर्ड २०२६ सम्म लिड्समा रहने छन् ।
२७ वर्षीय फरवार्ड सन् २०१८ मा मिडल्सब्रोबाट लिड्स आएका थिए ।

बामफोर्डले लिड्सका लागि १ सय ११ खेलमा ४३ गोल गरेका छन् ।
गत सिजन उनले लिड्सका लागि ३८ प्रिमियर लिग खेलमा १७ गोल गरेका थिए ।
