काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो ।
पुरुषको प्लेयर अफ दि इयर मनोनयनतर्फको शीर्ष तीनमा केभिन डे ब्रुएना, जोर्गिन्हो र एनगोलो कान्टे रहेका छन् ।
यस्तै लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की, जियानलुइजी डोनारुम्मा, केलियन एमबाप्पे, रहिम स्टर्लिङ, क्रिस्टियानो रोनाल्डो र अर्लिङ हालाण्ड शीर्ष १० मा रहेका छन् ।
महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन् ।
पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, रोबर्टो मान्सिनी र थोमस टुचेल शीर्ष तीनमा रहेका छन् ।
महिलाको मनोनयनमा लुइस कोर्टेस, पिटर गेर्हार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन् ।
