काठमाडौं । स्पेनिस स्ट्राइकर पेड्रो इटालियन क्लब लाजियोमा अनुबन्धित भएका छन् ।
सिरी ए क्लब लाजियोले फ्री ट्रान्सफरमा पेड्रोलाई अनुबन्धित गरेको हो ।
रोमासँगको सम्झौता अन्त्य गर्दै पेड्रो लाजियो आएका हुन् ।
३४ वर्षीय पेड्रो गत सिजन चेल्सीबाट रोमा आएका थिए ।
गत सिजन पेड्रोले २७ लिग खेलमा ५ गोल गरेका थिए ।
तर, एक सिजन बिताएर उनी लाजियो आएका हुन् ।
लाजियोले पेड्रोले ९ नम्बरको जसरी लगाउने छन् ।
उनले स्पेनका लागि ६५ खेलमा १७ गोल गरेका थिए ।
