काठमाडौं । बंगलादेशले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि टिम घोषणा गरेको छ ।
बंगलादेशले बिहीबार सिरिजका लागि १९ सदस्सीय टिमको घोषणा गरेको हो ।
ममुदउल्लाहको कप्तानीमा बंगलादेशले टिम घोषणा गरेको हो ।
बंगलादेशले घरेलु मैदानमा न्युजिल्याण्डसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज सेप्टेम्बर १ देखि १० सम्म हुने बताईएको छ ।
सिरिज अन्तर्गतको सम्पूर्ण खेल ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुनेछ ।
