काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीका विंगर हार्भे बर्नेसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्यान्डका विंगर बर्नेसले लेस्टरसँग चार वर्षको नयाँ सम्झौता गरेका हुन् ।
२३ वर्षे विंगर बर्नेस अब सन् २०२५ सम्म लेस्टरमा बस्ने छन् ।
बर्नेसले लेस्टरका लागि १ सय खेल खेलिसकेका छन् ।
गत सिजन उनले क्लबका लागि सबै प्रतियोगितामा २१ गोल गरेका थिए ।
लेस्टरले गत सिजन एफए कप जित्दा बर्नेसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बर्नेस सिटीको एकेडेमीबाट आएका खेलाडी हुन् ।
इंग्ल्यान्डका लागि उनले १ खेल खेलेका छन् ।
