काठमाडौं । इंग्लिस क्लब वाट्फोर्डले टर्किस मिडफिल्डर ओजन तुफानलाई अनुबन्धित गरेको छ ।
वाट्फोर्डले मिडफिल्डर तुफानलाई टर्किस क्लब फेनरवाचबाट लोनमा अनुबन्ध गरेको हो ।
२६ वर्षीय मिडफिल्डर एक सिजनका लागि लोनमा वाट्फोर्डमा अनुबन्धित भएका हुन् ।
टर्किस क्लबले वाट्फोर्डलाई स्थायी अनुबन्धको अवसर समेत दिएको छ ।
टर्किस क्लबका लागि उनले १ सय ७४ खेलमा २१ गोल गरेका छन् ।
टर्कीका लागि उनले ६३ खेलमा ९ गोल गरेका छन् ।
