काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर मार्कोस लोरेन्टेले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
एट्लेटिकोले बिहीबार मिडफिल्डर लोरेन्टेले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लोरेन्टेले क्लबमा थप ६ वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
२६ वर्षीय मिडफिल्डर सन् २०२७ सम्म एट्लेटिकोमा बस्ने छन् ।
लोरेन्टे २०१९ मा रियल मड्रिडबाट एट्लेटिको आएका थिए ।
स्पेनिस मिडफिल्डरले एट्लेटिकोका लागि ८२ खेलमा १२ गोल गरिसकेका छन् ।