काठमाडौं । भारतीय फुटबल टिममा डिफेन्डर सन्देश झिंगान क्रोएसियाको शीर्ष डिभिजन लिग क्लब एचएनके सेबिनिकमा अनुबन्धित भएका छन् ।
सेबिनिकले इन्डियन सुपर लिग क्लब एटिके मोहन बगान एफसीबाट सन्देशलाई अनुबन्ध गरेको जनाएको छ ।
सेबिनिकले हालसम्म शीर्ष लिगको उपाधि भने जितेको छैन ।
२८ वर्षीय सेन्टर ब्याक सन्देश क्रोएसियाको शीर्ष लिग खेल्ने पहिलो भारतीय फुटबल खेलाडी समेत बनेका छन् ।
सन्देशले भारतका लागि ४२ खेल खेलेका छन् ।
सन्देश २०२०/२१ को वर्ष फुटबलर अफ दि इयर अवार्ड विजेता खेलाडी हुन् ।