काठमाडौं । युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले बुधबार मिडफिल्डर लोकाटेली अनुबन्ध गरिएको जनाएको छ ।
युभेन्ट्सले सासोउलोबाट मिडफिल्डर लोकाटेलीलाई क्लब भित्र्याएको हो ।
२३ वर्षीय मिडफिल्डर लोकाटेलीले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लोकाटेली २०२६ को जुनसम्म युभेन्ट्समा बस्ने छन् ।
उनले २७ नम्बरको जर्सी लगाउने छन् ।
लोकाटेली सन् २०१९ मा एसी मिलानबाट सासोउलो आएका थिए ।
लोकाटेलीले युरो २०२० उत्कृष्ट प्रदर्शन गरेका थिए ।
इटालीले युरोकपको उपाधि जित्दा उनी टिममा महत्वपूर्ण सदस्य रहेका थिए ।
युरोमा उनले ५ खेलमा २ गोल गरेका थिए ।
इटालीका लागि उनले १५ खेल खेलिसकेका छन् ।