काठमाडौं । नेपाली प्रशिक्षक मनिष तिम्सिना भारतको शीर्ष डिभिजनको आई लिग क्लब गोकुलम केरेलाको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।
प्रशिक्षक मनिष आगामी सिजनको आई लिगका लागि केरेलाको गोलकिपर प्रशिक्षक नियुक्त भएका हुन् ।
केरेला आई लिगको साविक विजेता टिम हो ।
एएफसी 'ए' लाइन्स कोर्ष गरिरहेका मनिषले क्लबसँग सोमबार सम्झौता भएको जानकारी गराए ।
भारतीय क्लबमा आबद्द भएपछि आफुलाई जिम्मेवारी थपिएको समेत उनले बताए ।
'काम गरेर हाम्रो देशलाई चिनाउनु छु । खुशीसँगै जिम्मेवारी पनि ठुलो छ । राम्रो काम गर्ने प्रयास हुनेछ,' उनले भने ।
भारतीय क्लबमा आबद्द हुने उनी पहिलो नेपाली प्रशिक्षक हुन् ।
प्रशिक्षक मनिष पछिल्लो समय धरानको एन्फा एकेडेमीमा गोलकिपर प्रशिक्षकको रुपमा कार्यरत थिए ।
मनिषले साफ यू-१५ च्याम्पियनसिपमा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
