एजेन्सी । चेल्सीका फरवार्ड रोमेलु लुकाकुले ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
लण्डन क्लब चेल्सीले फरवार्ड लुकाकुलाई ९ नम्बरको जर्सी दिएको हो ।
बेल्जियमका लुकाकु इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सी आएका हुन् ।
लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लुकाकु सात वर्षपछि चेल्सी फर्किएका हुन् । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए ।
चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।
सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
२८ वर्षीय लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
लुकाकुले सिरी 'ए' मा गत सिजन २४ गोल गरेका थिए । उनले इन्टरलाई ११ वर्षपछि लिगको उपाधि जिताएका थिए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरी 'ए' को उपाधि जितेको थियो ।
लुकाकुले बेल्जियमको लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।