काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर मिसी बासुआइले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
चेल्सीले बुधबार बेल्जियमका स्ट्राइकर बासुआइले सम्झौता नवीकरण गरेको जनाएको छ।
२७ वर्षीय बासुआइले चेल्सीसँग २०२३ सम्मको सम्झौता गरेका छन्।
सम्झौता नवीकरणसँगै बासुआइ लोनमा टर्किस क्लब बेसिक्टसमा अनुबन्धित भएका छन् ।
बासुआइ एक सिजनका लागि लोनमा टर्किस क्लब गएको चेल्सीले जनाएको छ ।
सन् २०१६ मा चेल्सी आएका बासुआइ पछिल्लो सिजन लोनमा खेलिरहेका छन् ।
गत सिजन उनले क्रिस्टल प्यालेसबाट लोनमा खेलेका थिए ।
