काठमाडौं । युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
लोकाटेली अनुबन्धका लागि युभेन्ट्स र सासोउलोबीच सहमति बनेको गोल डटकमले जनाएको छ ।
युभेन्ट्ससँगको सम्झौताका लागि उनी बुधबार टुरिन आईपुगेका छन् ।
लोकाटेलीको बुधबार नै मेडिकल हुनेछ ।
२३ वर्षीय मिडफिल्डरले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ।
लोकाटेली सन् २०१९ मा एसी मिलानबाट सासोउलो आएका थिए ।
युरो २०२० उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले लोकाटेलीमाथि नजर लगाउदै आएको थियो ।
इटालीले युरोकपको उपाधि जित्दा उनी टिममा महत्वपूर्ण सदस्य रहेका थिए ।
युरोमा उनले ५ खेलमा २ गोल गरेका थिए ।
इटालीका लागि उनले १५ खेल खेलिसकेका छन् ।
