काठमाडौं । इटालियन क्लब युभेन्ट्सले ब्राजिलका युवा स्ट्राइकर कायो जोर्जलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले कायोलाई ब्राजिलियन क्लब सान्तोसबाट अनुबन्ध गरेको हो ।
१९ वर्षे स्ट्राइकर कायोले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
कायोलाई युभेन्ट्सले २१ नम्बरको जर्सी दिएको छ ।
१० वर्षको उमेरमा सान्तोसको एकेडेमीमा आएका उनले २०१८ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
कायोले ब्राजिलको यू-१५ र यू-१७ टोलीबाट खेलिसकेका छन् ।

