काठमाडौं । क्यामरुनमा आयोजना हुने अफ्रीका कप अफ नेसन्स फुटबलको समूह विभाजन गरिएको छ ।
अफ्रिकन फुटबल महासंघले सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरेको छ ।
प्रतियोगिता २०२२ को जनवरी ९ देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।
सार्वजनिक समूह विभाजन अनुसार साविक विजेता अल्जेरिया समूह 'ई' मा परेको छ ।
यस समूहमा अल्जेरियासँगै आइभरी कोस्ट, सिएरा लियोन र इक्वेटोरियल गिनी छन् ।
आयोजक क्यामरुन समूह 'ए' मा रहेको छ । यस समूहमा बुर्किना फासो, इथोपिया र केप भार्डे छन् ।
इजिप्ट समूह 'डी' मा रहेको छ । नाइजेरिया, सुडान र गिनी बिसाउ यस समूहमा रहेको छ ।
समूह 'बी' मा सेनेगल, जिम्बावे, गिनी र मालवी रहेका छन् ।
समूह 'सी' मा मोरक्को, घाना, कोमोरोस र गाबोन छन् ।
समूह 'एफ' मा ट्युनिसिया, माली, मौरीटेनिया र गाम्बिया छन् ।
समूह चरणको खेलपछि समूह विजेता, उपविजेता र तेस्रो हुने उत्कृष्ट चार टिमले नकआउट चरणमा स्थान बनाउने छन् ।
