काठमाडौं । इंग्ल्यान्डका स्ट्राइकर ट्यामी अब्राहमको इटालियन क्लब रोमामा मेडिकल गरिएको छ ।
रोमासँगको सम्झौता अघि अब्राहमको मेडिकल गरिएको हो ।
रोमासँगको सम्झौताका लागि अब्राहम आइतबार नै रोम पुगिसकेका छन् ।
रोम पुगेपछि उनको मेडिकल गरिएको हो ।
रोमाले केहि दिनमै चेल्सीका फरवार्ड अब्राहम अनुबन्धको घोषणा गर्ने बताईएको छ ।
२३ वर्षीय फरवार्डले रोमासँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ ।
चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
चेल्सीका लागि उनले ८२ खेलमा ३० गोल गरेका छन् ।
गत सिजन उनले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए ।