काठमाडौं । लियोनल मेस्सीले बार्सिलोना छाडेकोमा खुसी हुने पनि छन्, दु:खी हुने पनि छन् । तिनै मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आएकोमा खुसी हुने पनि उत्तिकै छन्, दु:खी हुने पनि उत्तिकै छन् ।
यो नै सबै पृष्ठभूमिमा एउटा खेलाडी भने नमज्जासँग चेपुवामा परेका छन् र उनी हुन्, केलियन एमबाप्पे ।
फ्रान्सेली मिडियालाई मान्ने हो भने एमबाप्पे पहिलेदेखि नै सतर्क थिए, मेस्सी पीएसजी आएमा के कस्तो हुन्छ भनेर । उनी साँच्चै आएपछि अब एमबाप्पेलाई डर के छ भने कतै उनको स्थान टिममा असुरक्षित त भएको छैन् ?
एमबाप्पे पनि कम्तीका खेलाडी पक्कै होइनन्, तर उनी मेस्सीको छायाँमा पर्न सक्ने सम्भावना उत्तिकै छ ।

सायद पीएसजीका समर्थक पनि एमबाप्पेको विरोधमा छन्, मेस्सी आएपछि । अब प्रश्न, एमबाप्पे आफै के चाहन्छन् त ?
पीएसजी आफैले पनि एमबाप्पेलाई कुनै पनि शर्तमा नबेच्ने भनिरहेको छ । तर एमबाप्पे आफै सायद अन्यत्र जान चाहन्छ । त्यसैले स्थिति एक प्रकारले जटिल बनेको छ, यसले खासमा कसैलाई फाइदा गर्दैन् ।
रियल मड्रिडले पनि उनमा रूचि देखाइरहेको छ । लामो समयदेखि रियलको नजर उनमा थियो ।
स्पेनी मिडियाले प्रेसित गरेका केही समाचार अनुसार त एमबाप्पे अबको केही दिनमा आफ्नो धारणा सार्वजनिक गर्नेछन् र आफू अन्यत्र जान चाहेको बताउने छन् ।
सन् २०२२ मा क्लबसँगको उनको अनुबन्ध सकिंदैछ, त्यसैले पीएसजीले पनि उनलाई बेच्ने हो भने फाइदा हुन सक्छ ।
–मार्काको सहयोगमा ।