काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण गरिरहेको छ ।
साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।
साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुनेछ ।
साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टिमको तयारी फोटोमा हेर्नुहोस् -
तस्बिर - एन्फा










