काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा न्युकासल युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै वेस्ट ह्यामले सुखद सुरुवात गरेको हो ।
वेस्ट ह्यामले दुई पटकको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको पाँचौं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा आरोन क्रेसवेलले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४० औं मिनेटमा जाकोब मुर्फीले गोल गर्दै न्युकासललाई २-१ को अग्रता दिलाए ।
खेलको ५३ औं मिनेटमा सैद बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई २-२ को बराबरीमा ल्याए ।
६३ औं मिनेटमा वेस्ट ह्यामका एन्टोनियोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
तर, न्युकासलका गोलकिपर वुडम्यानले रोकेपछि आएको रिबाउन्ड बलमा थोमस सुसेकले गोल गर्दै वेस्ट ह्यामलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ४-२ को जित दिलाए ।
जितसँगै वेस्ट ह्यामले पहिलो खेलमा ३ अंक जोडेको छ ।
न्युकासलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

