काठमाडौं । जर्मनी तथा बायर्न म्युनिखका लेजेण्ड स्ट्राइकर गर्ड मुलरको निधन भएको छ ।
बायर्नका लेजेण्ड मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
बायर्नले लेजेण्ड मुलरको निधन भएको पुष्टि गरेको छ ।
मुलरले बायर्नका लागि ४ सय २७ बुन्डेसलिगा खेलमा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए ।
उनले युरोपियन खेलमा ७४ खेलमा ६६ गोल गरेका थिए ।
विश्वकप विजेता मुलरले वेस्ट जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।
वेस्ट जर्मनीले १९७४ को विश्वकप जित्दा मुलरले निर्णयक गोल गरेका थिए ।
यस्तै १९७२ मा युरोकप जित्दा उनी टिममा रहेका थिए ।
एक पटकको बालोन डी'ओर विजेता मुलरले क्लब फुटबलमा बायर्नका लागि सबै उपाधि जितेका थिए ।