काठमाडौं । इटालियन क्लब रोमाले इंग्ल्यान्डका स्ट्राइकर ट्यामी अब्राहमलाई अनुबन्ध गर्ने भएको छ ।
रोमासँगको सम्झौताका लागि अब्राहम आइतबार इटाली प्रस्थान गरेका छन् ।
चेल्सीका फरवार्ड अब्राहमको आइतबार नै रोमामा मेडिकल हुने बताईएको छ ।
अब्राहम ३४ मिलियन पाउण्डमा रोमामा अनुबन्धित हुने भएका हुन् ।
२३ वर्षीय फरवार्डले रोमासँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ ।
चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
चेल्सीका लागि उनले ८२ खेलमा ३० गोल गरेका छन् ।
गत सिजन उनले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए ।