काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतका गौतम कउरलाई रेफ्री डिरेक्टर नियुक्त गरेको छ ।
एन्फाले आइतबार कउरलाई रेफ्री डिरेक्टर नियुक्त गरिएको जनाएको छ ।
पूर्व फिफा रेफ्री कउरलाई एक वर्षको लागि नियुक्त गरिएको एन्फाले जनाएको छ ।
एन्फाले खुल्ला प्रतिस्पर्धाबाट कउरलाई नियुक्त गरेको हो ।
एन्फाले गत साउन १ गते रेफ्री डिरेक्टर पदका लागि दरखास्त आह्वान गरेको थियो ।
कउरले लामो समयबाट रेफ्रीको क्षेत्रमा रहेर काम गरिरहेका छन् ।
सन् १९९७ मा रेफ्रीको भूमिकाबाट सन्यास लिएका उनी रेफ्री प्रशिक्षकको रुपमा काम गर्दै आइरहेका छन् ।
कउरले भारत र भुटानमा रेफ्री डिरेक्टरको काम गरिसकेका छन् ।