काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा माउरो इकार्डीले तेस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २-० को बन्यो ।
२७ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए ।

खेलको ५३ औं मिनेटमा केभिन गामिरोले गोल गर्दै स्ट्रासवर्गलाई ३-१ को स्थितिमा ल्याए ।
६४ औं मिनेटमा लुडोभिचले गोल गर्दै स्ट्रासवर्गलाई ३-२ को अवस्थामा ल्याए ।
तर, खेलको ८१ औं मिनेटमा एलेक्सजेन्डर डिज्कुले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि स्ट्रासवर्ग १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै पीएसजीलाई ४-२ को जित दिलाए ।
जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।
स्ट्रासवर्गको यो लगातार दोस्रो हार हो । स्ट्रासवर्ग पुछारमा रहेको छ ।
