काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे ।
यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे ।
डिपोर्टिभोका जोसेलुले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५६ औं मिनेटमा नाचोले गोल गर्दै रियलको अग्रता २-० को बनाए ।
६२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता तेब्बर बनाए ।
खेलको ६५ औं मिनेटमा जोसेलुले गोल गर्दै डिपोर्टिभोलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ४-१ गोलको सहज जित दिलाए ।
जितसँगै रियलले सिजनको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
डिपोर्टिभोले भने हारबर सिजनको सुरुवात गरेको छ ।
