काठमाडौं । लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले विजयी सुरुवात गरेको हो ।
लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै लेष्टरले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।
उल्भ्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रिमियर लिग अन्तर्गत नै वाट्फोर्डले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
अर्को खेलमा ब्राइटनले बर्नलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।