काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।
जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।
क्रिस्टलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
