काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ ।
थ्री स्टारले शनिबार क्यामरुनी खेलाडी रिमलाई अनुबन्धित गरिएको जनाएको छ ।
थ्री स्टारले रिमसँग एक वर्षको लागि सम्झौता गरिएको जनाएको छ ।

सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले रिमलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।
२५ वर्षीय रिमले नेपालको पहिलो फ्रेन्चाईच फुटबल नेपाल सुपर लिग फुटबल (एनएसएल) पोखरा ठण्डर्सबाट खेलेका थिए ।
त्यसअघि रिमले क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनबाट मोफसलको प्रतियोगिताहरु खेलेका थिए ।
थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान र डोना थापालाई अनुबन्ध गरेको थियो ।
यस्तै कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।
थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।