• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘मेस्सी मात्र मेस्सी होइनन, अरू पनि छन्, मेस्सी’
खेलपाटी संवाददाता
शनिबार, साउन ३०, २०७८ खेलपाटी संवाददाता
‘मेस्सी मात्र मेस्सी होइनन, अरू पनि छन्, मेस्सी’

काठमाडौं । गज्जब सुनिन्न र भने यो ? ‘मेस्सी मात्र मेस्सी होइनन, अरू पनि छन्, मेस्सी’।

बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएयता अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सी लगातार चर्चामा छन् । यो चर्चा सेलाउने पनि छैन् । आखिरमा उनी विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक हुन् । त्यसैले त धेरै उनको नक्कल गर्न पनि खोज्छन् ।

अनि मिडियाले कोही अरू नै राम्रा खेलाडी निस्केको छ भने उनलाई तिनै मेस्सीसँग जोड्ने प्रयास पनि गर्छन् ।

यसै कारण जन्मिन्छन्, अरू ‘मेस्सी’ हरू पनि । अनि उनको पनि बेला बेलामा चर्चा हुने गर्छ । को को छन् त यस्ता मेस्सी ? फ्रान्सेली समाचार संस्था एएफपीको सहयोगमा तयार गरिएको यो आलेख ।

१. अरबी मेस्सी : ओमर अब्दुलरहमान
ओमर अब्दुलरहमान यूएईका खेलाडी हुन् र उनले पनि १० नम्बर जर्सि नै लगाउने गर्छन् । उनी एसियाली वर्ष खेलाडी पनि घोषित भइसकेका छन् । अहिले २९ वर्ष छोएका अब्दुलरहमानले आफ्नो पूरा खेल जीवन लगभग यूएईमै बिताएका छन् । एक पल्ट उनले म्यानचेस्टर सिटीका लागि दुई महिना ट्रायल पनि दिएका थिए । गल्फका मडिया उनलाई अरबी मेस्सी भन्छन् । अझ केहीले उनलाई एसियाली मेसी पनि भन्ने गरेका छन् ।

Omar Abdulrahman should NOT have played for Al Ahli, if he wants to face  Barcelona he should move to Europe - Sport360 News

२. जापानी मेस्सी : ताकेफुसा कुबो
ताकेफुसा कुबोलाई जापानी मेस्सी भनेको चाहिं स्पेनी मिडियाले हो । उनको शरीर आफैमा सानो देखिन्छ, त्यसमाथि उनको ड्रिब्लिङ गज्जब छ, त्यसैले उनी भए, जापानी मेस्सी । एकपल्ट उनी बार्सिलोनाको एकेडेमीमा पनि थिए । अहिले उनी २० वर्षका मात्र भए र रियल मड्रिडमा आवद्ध छन् । रियलले ऋणमा उनलाई यताउता पठाउने गरेको छ । टोकियो ओलम्पिकमा पनि उनी सहभागी थिए र आफ्नो टिमलाई सेमिफाइनलसम्म पुग्न सहयोग गरे ।

Real Madrid Transfers: 3 potential loan destinations for Takefusa Kubo

३. आइरिस मेस्सी : जाक गिलसेनन
भर्खर नौ वर्षको हुँदा जाक गिलसेनन बार्सिलोनाको ला मेसिया एकेडेमीमा पुगेका थिए । पछि उनी लिभरपुल गए र अहिले ब्ल्याकबर्न रोबर्समा छन् । उनको खेल्ने शैलीका कारण उनलाई आइरिस मेस्सी  भनिन्छ । उनी आफै भने यसलाई राम्रो मान्दैनन् । पर्थमा जन्मेका उनले अष्ट्रेलियाको प्रतिनिधित्व गरेर खेलिसकेका छन् । तर उनको परिवार भने आइरिस हो । रमाइलो त के छ भने यी गिलसेनन मेस्सीलाई भन्दा नेयमारलाई बढी मन पराउने गर्छन् ।

Ireland and ex-Barca youngster Zak Gilsenan earns two-year contract at  Blackburn Rovers

४. स्कटिस मेस्सी : रायन गउल्ड
क्यानाडाको भेन्कुभर ह्वाइटक्याप्सका लागि खेलिरहेका रायन गउल्डले डुन्डे युनाइटेडबाट खेल्न सुरु गरे । पछि उनले स्पोर्टिङ लिस्बनबाट पनि खेले । स्कटल्यान्डमा छँदा उनको खेल्ने शैली मेस्सीको जस्तो थियो, त्यसैले नाम पाइहाले, स्कटिस मेस्सी भनेर । गउल्ड पनि आफूलाई मेस्सीको नामसँग जोडिएका आपत्ति त गर्दैनन्, तर यसमा खुसी पनि छैनन् । उनी भन्छन्, कसैलाई कोहीसँग तुलना गर्नु ठीक छैन् । तर एकपल्ट उनलाई स्कटिस मेस्सी भन्न थालिएपछि त्यो रोकिएन् ।

Former Dundee United kid Ryan Gauld set for Sporting Lisbon exit after  miserable spell in Portugal

५. इरानी मेस्सी : सरदार अजमन
इरानी फरवार्ड सरदार अजमनले १९ वर्षमै आफ्नो देशका लागि खेले, तर व्यवसायिक खेल जीवन भने अधिकांस समय रुसमै बिताएका छन् । अहिले उनी जेनिथ सेन्ट पिटर्सबर्गका लागि खेलिरहेका छन् । विश्वकप २०२२ मा इरानको छनोटका लागि उनले कडा मिहिनेत गरेर खेलिरहेका छन् । उनी राम्रा खेलाडी हुन्, त्यसैले उनको मेस्सीसँग तुलना गरिएको हो । तर उनी आफै के मान्छन् भने मेस्सी र उनको खेलमा धेरै फरक छ ।

Sardar Azmoun on AS Roma's Radar: Report - Sports news - Tasnim News Agency

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP